एजेन्सी । हाल ट्विटरका एकमात्र निर्देशक र सीईओ एलोन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको सीएनबीसीको एक रिपोर्टमा भनिएको छ ।
यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् । प्रायः अटोपाइलट टोलीका छन् । दुई जना बोरिङ कम्पनीका र एकजना न्युरालिङ्कका छन् ।
मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।
मस्कले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ निर्देशक महा विर्दुहगिरीलगायत छन् ।
पदभार ग्रहण गरेको केही समय पछि, ट्विटरको “चीफ ट्विट“ मस्कले कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए । उनले कम्पनीको निर्देशक बोर्ड पनि भंग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ कार्तिक २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम