काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा १२ वटा राजनीतिक दलले मात्रै ५० भन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छन् । ११ दलले एक÷एक जनालाई प्रतिनिधिसभामा उम्मेदवार बनाएका छन् ।
प्रतिनिधिसभातर्फ निर्वाचन आयोगमा उम्मेदवारी दिएका कुल २ हजार ४ सय १२ उम्मेदवारमध्ये १ हजार ५ सय ४५ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन् भने ८ सय ६७ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
आयोगका अनुसार प्रतिनिधिसभातर्फ सबैभन्दा बढी अर्थात् १ सय ४१ निर्वाचन क्षेत्रमा नेकपा एमालेले आप्mना उम्मेदवार उठाएको छ । त्यसपछि राष्ट्रिय प्रजानत्त्र पार्टीले १ सय ४० क्षेत्रमा आप्mना उम्मेदवार उठाएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल प्रतिनिधिसभातर्फ उम्मेदवार धेरै उठाउने दलको तेस्रो नम्बरमा छ । सो दलले प्रतिनिधिसभाको कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ३१ निर्वाचन क्षेत्रमा आप्mना उम्मेदवार उठाएको छ ।
आयोगको विवरणमा उल्लेख भएअनुसार नेपाल मजदुर किसान पार्टीले १ सय ९, नेपाली कांग्रेसले ९१, मंगोल नेसनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टी नेपालले ७९, हाम्रो नेपाल पार्टीले ६२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५८, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५४, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४० र नेकपा माओवादी केन्द्रले ९एकल चुनाव चिह्न०मा ४६ जनालाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।
प्रतिनिधिसभा निर्वाचनमा एक जना मात्रै उम्मेदवार उठाउने ११ दल छन् । राष्ट्रिय समाजवादी पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, किराँत खम्बुवान् साझा पार्टी, खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, तामाङसालिङ लोकतान्त्रिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, मितेरी पार्टी नेपाल, राष्ट्रिय नागरिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० साझा पार्टी नेपाल र सामाजिक एकता पार्टीले प्रतिनिधिसभातर्फ एक÷एक जना उम्मेदवार उठाएका हुन् ।
यसैगरी, आठ राजनीतिक दलले दुई÷दुई जनालाई उम्मेदवार बनाएका छन् भने तीन जना उम्मेदवार उठाउने तीन दल छन् । गान्धीवादी पार्टी नेपालले चार जना उम्मेदवारलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ कार्तिक २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक दलहरू एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फ केन्द्रित छन् : मीनेन्द्र रिजाल
पाँच राजनीतिक दलबिच ७ बुँदे सहमति
१९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन