महाधिवेशनको तयारीमा राष्ट्रिय जनता पार्टी नेपाल

मंगलबार, ०५ असार २०७५, १७ : ०३
महाधिवेशनको तयारीमा राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनता पार्टी नेपालले महाधिवेशनको तयारीको बैठक आज पनि जारी छ । राष्ट्रिय जनता पार्टी, नेपालको केन्द्रीय समितिको बैठकमा पार्टी महाधिवेशनको मूल एजेन्डामा केन्द्रित भएर छलफल सुरु भएको हो ।

बैठक सोमबारदेखि सुरु भएको हो । बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सोमबार बैठकको एजेन्डा पेश गर्नुभएको थियो । बैठकमा पार्टीको विधान संशोधन, महाधिवेशन, संसदीय दलको नेताको चयनका साथै प्रदेश नम्बर २ मा शुसासन कायमजस्ता विषयमा छलफल केन्द्रित भइरहेको  राजपाका नेता वृषेश चन्द्र लालले जानकारी दिनुभयो ।
राजपालाई निर्वाचन आयोगले असार समान्तभित्र महाधिवेश गर्न निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस