एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत क्षेत्रको भ्रमण गर्ने भएकी छिन् । हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ । यो कदमले उत्तर कोरिया थप क्रुद्ध हुने अनुमान गरिएको छ ।
ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा निशस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई ‘अन्तर्राष्ट्रिय शान्तिको सबैभन्दा खराब विनाशक’ भनी प्योङयाङले निन्दा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ असोज २०७९, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पास
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला