सोल । दक्षिण कोरियामा भएको विमान दुर्घटना स्थलमा ८५ जनाको शव फेला परेको बीबीसीले जनाएको छ । आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो ।
शव फेला पर्नेमा ३९ जना पुरुष र ४६ जना महिला रहेको बताइएको छ । यस अघि भने दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले २ जना बाहेक सबै जनाको निधन भएको आशङ्का भनेको थियो । जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।
विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । यस घटनामा अहिलेसम्म दुई जनाको जीवितै उद्धार गरिएको दमकल विभागका अधिकारीहरूले बताएका छन् ।
उद्धार हुनेमा एक जना यात्रु र एक जना चालक दलका सदस्य भएको बताइएको छ । अहिलेसम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे