काठमाडौं । दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक-योलको कार्यालयमा छापा मारेको छ । दक्षिण कोरियाको समाचार संस्था योनहापले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सियोल महानगरीय प्रहरी र नेशनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको छ।
राष्ट्रपतिको सुरक्षा टोलीलाई छापा बारे पहिले नै जानकारी दिइएको थिएन। यो प्रहरी कारबाही राष्ट्रपति युन सुक-योलले देशमा सैनिक शासन लगाएको घटनापछि भइरहेको छ।
योनहापको रिपोर्टअनुसार, छापाको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा उपस्थित थिएनन्। गत हप्ता मंगलबार र बुधबारको बीचमा राष्ट्रपति युन सुक-योलले देशमा सैनिक शासन लागु गरेका थिए।
तर, ठूलो विरोध भएपछि उनले छ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिएका थिए। युनको यो कदमपछि दक्षिण कोरियामा उनीविरुद्ध व्यापक विरोध भइरहेको छ र उनको विषयमा अनुसन्धान पनि जारी छ।
यसअघि २०१९ को डिसेम्बरमा बुसानका पूर्व उपमेयरमाथि लागेको भ्रष्टाचारको आरोपसँग जोडिएर राष्ट्रपतिको कार्यालयमा छापा मारिएको थियो । त्यतिबेला अनुसन्धान टोली कार्यालयभित्र प्रवेश गर्न नपाए पनि उनीहरूले मागेअनुसार सामग्री हस्तान्तरण गरिएको थियो ।
बीबीसीका अनुसार त्यतिबेला देशको नेतृत्व पूर्व राष्ट्रपति मून जाए-इनले गरेका थिए । अहिलेका राष्ट्रपति युनले सन् २०२२ मा मात्र पदभार सम्हालेका हुन्। यस पटक अनुसन्धानकर्ताहरू सिधै राष्ट्रपतिको कार्यालय प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पास
प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला
प्रहरीद्वारा दक्षिण कोरियाका राष्ट्रपति युनमाथि छानविन