एजेन्सी । प्योङयाङले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको एक दिनपछि दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि प्रायद्वीपनजिकै पहिलो पटक संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन् । वासिंगटन सीउलको मुख्य सुरक्षा साझेधार हो र उसले आणविक रूपमा सशस्त्र उत्तर कोरियाबाट रक्षा गर्न दक्षिण कोरियामा २८ हजार ५ सय सैनिक खडा गरेका छन् ।
उत्तर कोरियासँग आफ्ना अग्रज तथा पूर्वराष्ट्रपति मुन जाय इनको असफल कूटनीतिपछि मे महिनामा कार्यभार सम्हालेका दक्षिण कोरियाका वर्तमान राष्ट्रपति युन सुक योलले अमेरिकासँग संयुक्त सैन्य अभ्यास वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘यो अभ्यास उत्तर कोरियाको उत्तेजनालाई जवाफ दिन दक्षिण कोरिया–अमेरिका गठबन्धनको बलियो इच्छा प्रदर्शन गर्न तयार गरिएको थियो’, दक्षिण कोरियाको नौसेनाले एक विज्ञप्तिमा भनेको छ । दक्षिण कोरियाको तटमा चार दिसम्म हुने उक्त अभ्यासमा एन्टी–शिप र एन्टी–पनडुब्बी युद्ध कार्यहरू, सामरिक युद्धाभ्यास र अन्य समुद्री अपरेसन हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० असोज २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पास
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला