काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज शर्मालाई नियुक्त गरेको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानमन्त्री कार्यालयका ताराप्रसाद अधिकारीलाई पनि सरुवा गरेको छ । सम्पत्रि शुद्धीकरण अनुसन्धान विभागका तीर्थ भट्टराईलाई प्रधानमन्त्री कार्यालय लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ भदौ २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी
रघुराम विष्ट सचिवमा बढुवा
सचिव मणिराम गेलालद्वारा कार्यसम्पादन सम्झौता
शिक्षामन्त्रीले गरिन् सचिवहरूसँग कार्यसम्पादन सम्झौता
गोविन्द कार्की सचिवमा बढुवा
कार्य योजना पेश गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन