नया शक्ति पार्टी नेपालको नाम परिवर्तन

शुक्रबार, ०१ असार २०७५, १९ : ४८

चितवन ।  नया शक्ति पार्टी नेपाल सम्बद्ध  युवाहरुको संगठनले दश बु“दे घोषणा पत्र जारी गरेको छ । नया शक्ति पार्टीको युवा संगठनले नाम परिवर्तनस“गै दश बुदे घोषणा पत्र जारी गर्दै बिशेष संघीय भेला सम्पन्न गरेको हो । पार्टीको तेश्रो स्थापना दिवसको अवसरमा  गत ३० गते बाट शुरु संघिय भेलाले राष्ट्रिय युवा अभियानलाई परिवर्तन गरी युवा शक्ति नेपाल नाम  राखेको छ । आज पत्रकार सम्मेलन गर्दै संगठनले समाजमा ब्याप्त भ्रष्टचार बिकृति, बिसंगती  बिरुद्ध खबरदारी गर्ने बताएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने र नेपालमै रोजगारीको सिर्जना गर्ने संगठनमन अध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो ।
“राष्ट्रिय युवा अभियान ,विकास र समृद्धिमा योगदान” भन्ने नाराका साथ गरेको संघिय भेलामा ६९ जिल्लाबाट १ हजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस