दुई तिहाईको दम्भ सरकारमा छैन् : नेता नेपाल

शुक्रबार, ०१ असार २०७५, १९ : ४०
दुई तिहाईको दम्भ सरकारमा छैन् : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले दुई तिहाईको दम्भ सरकारमा रहेका दलले देखाउन नहुने बताउनुभएको छ । हेफर इन्टरनेश्नल नेपालले शुक्रबार रौतहटको मुजरानगरपालिका–२ मैरामा गरेको कार्यक्रममा बोलदै नेपालले अहिले मुलुकको समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्षी एक भएर अघि बढ्नुपर्ने भन्दै सरकारमा बसेका पार्टीहरुले दुईतिहाईको दम्भ देखाउन नहुने बताउनुभएको हो । उहाले अहिले काग्रेसलाई तर्साउने बेला नभएको भन्दै उहाले काग्रेसलाई सहयात्री दलका रुपमा लिनुपर्ने बताउनुभयो । नेता नेपालले काग्रेसले सरकारलाई गालीमात्र गर्ने नभई उचित बाटो देखाउनुपर्ने धारणा राख्नुभयो । उहाले अहिले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटले गाउगाउको बिकास र किसानको हितलाई मध्यनगर गरेको बताउनुभयो ।
कार्यक्रममा हेफर इन्टरनेश्नल नेपाललले यसबर्र्षको स्वर्णीम प्रतिभा पुरस्कार सम्झना डोल्मालाई प्रदान गरेको छ । ७० हजार रुपैया“ राशीको प्रतिभा पुरस्कार सम्झना डोल्मालाई प्रदान गरिएको हेफर इन्टरनेश्नलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस