कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १४ : ५३
कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं । कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएर उनीहरु २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी शिव प्याकुरेल एक साताको अवधिमा माग पुरा नभए निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालबन्दी गर्र्ने चेतावनी दिए । 

कर्मचारीले अस्पताल विकास संचालनक समिति गठन गरिनुपर्ने,  निर्देशक  तथा लेखा प्रमुखले राजीनामा दिनुपर्ने, मनपपरी कर्मचारी भर्ना रोकिनुपर्नेलगातका माग राखेका छन् । अन्दोलनरत कर्मचारीले स्वास्थ्य मन्त्री र सचिवहरुलाई भेटेर तीन बुँदे माग पेश समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस