समृद्धिको एजेण्डामा कतैबाट पनि अवरोध छैन :अध्यक्ष प्रचण्ड

मंगलबार, २९ जेठ २०७५, २० : ३८
समृद्धिको एजेण्डामा कतैबाट पनि अवरोध छैन :अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको एक मात्र आवश्यकता समृद्धि भएको बताउनु भएको छ ।
भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुर महानगरको एकिकृत विकास गरुयोजनाका लागि अवसर ,चुनौती र भावी कार्यदिशा विषयक एक दिने कार्यशाल गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्ड अहिले सत्ता पक्ष ,प्रतिपक्षको एजेण्डा विकास र समृद्धि रहेकाले अबको यात्रा विकास तर्फ लम्किएको बताउनुभयो । 
हिजोको दिनमा निरङकुश विरुद्धको अन्दोलन, राणा शासन विरुद्ध ,संविधान सभा र संविधानको घोषणामा सत्ता पक्ष र प्रतिपक्ष एक ठाँउमा उभिएको भन्दै अध्यक्ष प्रचण्डले मुलुको विकासको निम्ति सबै दल एक ठाँउमा अभिने वातावरण सिर्जना भएको जानकारी दिनुभयो ।
यो खुशीको कुरा हो ,उहाँले भन्नुभयो ,“अबको संघर्ष विकासको निम्ति हो । विकास र समृद्धि कुरामा सबै दलको सर्वसम्मत भईरहेको छ ।”
अध्यक्ष प्रचण्डले आज सिङगै राष्ट समृद्धिको पक्षमा एक मत रहेको उल्लेख गर्नुभयो । अहिले नेपालभर विकासको लहर सुरु भएको भन्दै उहाँले भन्नुभयो , अहिले देशभर असाधरण परिस्थिति देखिएको छ । राजनीतिक संघर्षमा मानिसको ध्यान छैन । प्रचण्डले आम जनतको ध्यान विकास ,समृद्धि , निर्माण ,सुशासनमा ध्यान केन्दि«त रहेको बताउनुभयो । राजनीतिक पाटी ,सरकार पनि कसरी छिटो भन्दा छिटो ,प्रभावकारी ढङगबाट विकास गर्न सकिन्छ भन्ने तर्फ छ ।
मुलुकमा हुने गरेका छलफलहरु विकासकै बारेमा केन्द्रित हुने गरेको उहाँको भनाई छ । विगतको कुरा स्मरण गर्दै उहाँले भन्नुभयो , पहिला यस्ता खालका कार्यक्रम विगतमा राख्यो भने राजनीतिक खिचातानी हुन्थियो ,अहिले त्यो समस्या हटेर गएको छ ।
देशको आवश्यकता सहकार्य गर्न तयार छौ भनी सत्ता पक्ष र प्रतिपक्षले प्रतिवद्धता समेत व्यक्त गरेको उहाँको भनाई छ । अब एक दशक विकासको दशकको रुपमा रहने अध्यक्ष प्रचण्डको धारणा थियो । 
गरुयोजनाका लागि भरतपुर महानगरपालिकाले ३ जना विज्ञलाई छलफलमा समावेश गरेको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाको लागि दिर्घकालिन योजनाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेल,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा सुनिल बाबु श्रेष्ठ र शहरी विकास विज्ञ डा सुर्यराज आचार्यले आ आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विज्ञहरुको कार्यपत्रमाथि चितवन उद्योग ,व्यावसायीहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल , प्रदेश सांसद लगाएत विभिन्न कार्यालयका प्रमुखहरुले मन्त्वय व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सभापति एव भरतपुर नगरपालिकाका प्रमुख (मृृेयर) रेनु दाहालले गुरुयोजना विनाको विकास उपयुक्त नहुने बताउनुभयो । गुरुयोजना निमार्णका लागि २९ वटा वडाको तल्लो तहसम्म सुझावहरु संकलन गरिने जानकारी दिनुभयो । भरतपुरको विकासको निम्ति केहि महत्वपुर्ण निर्माणका कार्यहरु भईसकेको उहाँको भनाई छ ।


 


 

प्रतिक्रिया दिनुहोस