ओलीको महत्वाकांक्षाले मुलुकलाई संकटमा पु¥याउँछ : पौडेल

मंगलबार, २९ जेठ २०७५, १८ : २४
ओलीको महत्वाकांक्षाले मुलुकलाई संकटमा पु¥याउँछ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वाकांक्षाले मुलुकलाई संकटमा पु¥याउने दाबी गर्नु भएको छ । वरिष्ठ नेता पौडेलले दुईतिहाईभन्दा बढी सांसदहरुको समर्थन लिएर प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई संकटमा पार्न खोजेको गम्भीर आरोप लगाउनु भयो ।
नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिले सोमबार आयोजना गरेको कार्यक्रममा उहा“ले प्रधानमन्त्री ओलीको महत्वाकांक्षाले मुलुक संकटमा पर्न सक्ने भन्दै त्यसलाई टार्न सचेत भएर अघि बढ्न पार्टीका युवा, विद्यार्थी संगठनहरुलाई निर्देशन दिनुभयो । उहा“ले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वकालत गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि नै खेलबाड गर्ने प्रयास गरिरहेको आरोप पनि लगाउनु भयो ।
वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाकै कारण पार्टीले विपक्षीको हैसियत समेत गुमाउने अवस्थाको सामना गरिरहनु परेको दाबी गर्नुभयो । उहा“ले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समान दृष्टिले हेर्न समेत नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । वरिष्ठ नेता पौडेलले पार्टीलाई एकतावद्ध बनाउन सभापति देउवाको निर्णय प्रक्रिया पारदर्शी हुनुपर्ने माग पनि गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस