झापा । प्रतिनिधि सभाको चुनावमा आफू झापा क्षेत्र नं ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरेका छन् ।
आफ्ना देवी देउता तथा भगवान त्यही क्षेत्रमा रहेकाले राप्रपा अध्यक्ष लिङ्देनले झापा क्षेत्र नं ३ बाटै चुनाव लड्ने घोषणा गरेका हुन् । बुधबार झापाको बिर्तामोडमा झापाका पत्रकारहरूसँगको अन्तर्क्रियामा लिङ्देनले अन्य क्षेत्रबाट चुनाव लड्ने विषयमा प्रश्न नउठ्ने बताए।
उनले भने, ‘मेरा देवी/देउता र भगवान त्यहीँ छन्। झापा क्षेत्र नं ३ बाट अन्य क्षेत्रमा जाने प्रश्नै उठ्दैन। म त्यहीँबाट चुनाव लड्छु।’यसअघिको प्रतिनिधि सभाको चुनावमा पनि उनी झापा क्षेत्र नं ३ बाटै निर्वाचित भएका हुन्। त्यो बेला नेकपा एमालेसँग तालमेल गरेर उनी चुनावमा होमिएका थिए।
यसपालीको चुनावमा पनि गठबन्धनको सम्भावना खुल्ला रहेको लिङ्देनले बताए। सरकारले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मिति तोक्न लाग्दा उनले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ३ नै रहेको बताएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन् : राजेन्द्र लिङ्देन
राजेन्द्रविरुद्ध खनिइन् रेखा थापा
राजेन्द्र लिङ्देनद्वारा भावी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन