आजदेखि ३० वर्ष माथिकालाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिँदै

रासस

विहीबार, ०१ फागुन २०८१, ११ : ११
आजदेखि ३० वर्ष माथिकालाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिँदै

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि ३० वर्षमाथिका नागरिकको एक महिने स्वास्थ्य परीक्षण अभियान थाल्दैछ । नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै मन्त्रालयले आजदेखि ३० वर्षमाथि उमेर समूहका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते यसबारे निर्देशिका स्वीकृत गरेका थिए । यस लगत्तै मन्त्रालयले स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाएको हो । देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य राखिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस