पाइपको परीक्षण सफल भयो : खानेपानीमन्त्री यादव

सफल खबर संवाददाता

विहीबार, ०१ फागुन २०८१, १५ : २५
पाइपको परीक्षण सफल भयो : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् ।

केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ । ‘पाइपमा पानी परीक्षण सफल भयो । अब केहीबेरमा बन्द भएको क्षेत्रका घरघरमा सप्लाइ पनि गर्छौं,’ मन्त्री यादवले  भने ।

बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस