काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी केन्द्रीय कार्यसमितिको बैठक अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा चलिरहेको बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
अध्यक्षपछि अहिले अहिले महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन पेश गरिरहेको उनले बताए। प्रतिवेदन पेस भइसकेपछि बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन, सचिवालय सम्बन्धी र पार्टी जीवनका विविध पक्षमा छलफल हुने उनले बताए।
बैठक भोलिसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन
बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्ने लिङ्देनको चेतावनी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले हिरासतमा पुगेर भेटे मिश्र र राणालाई
राजेन्द्र लिङ्देनलाई उचालेर कमल थापाको चलाखी !