राज्य व्यवस्था तथा सुशासन समितिमा परेका उजुरी छानबिन गर्न उपसमिति गठन

सफल खबर संवाददाता

विहीबार, ०१ फागुन २०८१, १८ : ४२
राज्य व्यवस्था तथा सुशासन समितिमा परेका उजुरी छानबिन गर्न उपसमिति गठन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा परेका उजुरीको छानबिन गर्नका लागि उपसमिति गठन भएको छ ।

बिहीबार बसेको समितिको बैठकले समितिका सदस्य समेत रहेका नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट दुर्गा राई, नेपाली काँग्रेसबाट सरिता प्रसाईँ, नेकपा (एमाले)बाट मेनुका कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. चन्दा कार्की रहेका समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।