काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरक्षा बढाइएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप बबरमहलमा बुधबार दिउँसो फुटेको छ ।
पाइप फुटेर निस्किएको पानीले बबरमहल क्षेत्र जलमग्न बनेको छ । चुच्चेपाटीस्थित महांकाल खानेपानी केन्द्रबाट पानी बन्द गरिसकिएको काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)ले जनाएको छ ।
यद्यपि, पाइप ठूलो भएको र त्यहाँ जमेको पानी सबै बग्ने भएकाले अहिले पनि बबरमहलमा पाइपबाट पानी निस्कन छाडेको छैन । पानी नरोकिएपछि अहिले प्रसूति गृहमा पनि उद्धार टोली पठाइएको हो ।काठमाडौं महानगरका एक प्रहरीले दिएको जानकारी अनुसार अहिले लगभग २ सय जनाको सुरक्षा टोली सो क्षेत्रमा खटिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, महानगर प्रहरी गरेर सो संख्यामा टोली खटिएको हो । बबरमहलमै रहेको विशेष अदालतभित्र केही कर्मचारी अझै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु