काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । ४ जिल्लाका इन्चार्ज फेरिएका छन् । ज्ञानेन्द्र्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ । सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ ।
सिआईबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ । सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण महाराजगञ्जको प्रमुखमा सरुवा गरिएको छ ।
तुलबहादुर कार्कीको लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुरमा सरुवा भएको छ । साउन ८ मा जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा गरिएका दिलिप घिमिरेको तेस्रो पटक काज गरिएको छ । अहिले इलाममा सरुवा गरिएका घिमिरेलाई प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा सरुवा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
चारजना एसपी एसएसपीमा बढुवा सिफारिस