काठमाडौं। रोल्पा, कपिलवस्तु, दाङ, काठमाडौं र चितवनमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिका–२ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका–४ सुर्पालस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तुको महाराजगंज नगरपालिका–११ प्रभातनगर बस्ने ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
दाङको घोराही उपमहानगरपालिका–३ स्थित रनघरा बबई नदीको किनारमा सोही उपमहानगरपालिका–५ धारापानी बस्ने ६५ वर्षीया शिवा नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–८ पशुपति राम मन्दिर नजिक हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीको बिच भागको टापुमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोकर्णेश्वरमा एक पुरुष मृत फेला
पाल्पामा मृत भेटियो चितुवा
काठमाडौँ र ललितपुरमा २ पुरुष मृत फेला
देशका विभिन्न स्थानमा पाँच जना मृत फेला
संसदभित्रै प्रहरी मृत फेला घटना : भिडियो कल गर्दै जवानले आफूलाई गोली हानेको प्रारम्भिक आशंका
भरतपुरमा एक महिला मृत अवस्थामा फेला