काठमाडौँ र ललितपुरमा २ पुरुष मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १२ : ३०
काठमाडौँ र ललितपुरमा २ पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँ उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् । काठमाडौँको टोखा नगरपालिका-३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।

उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका-९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन् । छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस