काठमाडौं । काठमाडौंका दुई फरक ठाउँमा दुई व्यक्ति मृत फेला परेका छन् ।
टोखा नगरपालिका-५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन् । बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।
सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
गोकर्णेश्वरमा एक पुरुष मृत फेला
पाल्पामा मृत भेटियो चितुवा
काठमाडौँ र ललितपुरमा २ पुरुष मृत फेला
देशका विभिन्न स्थानमा पाँच जना मृत फेला