काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै श्रेष्ठले गभर्नर अधिकारीलाई पदबाट राजीनामा दिन आग्रह गरेका हुन् । ‘विवाद भइसक्यो । यस्तो अवस्थामा उहाँ बसिरहन मिल्छ कि मिल्दैन रु कि त होइन भन्ने पुष्टि गर्ने आधिकारिक कागजात चाहियो होइन भने विवाद भयो अन्योल भयो भन्नेमात्र तर्क गरेर भएन, राजीनामा गर्नु र पद छोड्नुपर्छ ।’
त्यसअघि उनले भनेका थिए- ‘हाम्रो राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । उहाँ सर्ट फर्ममा एम अधिकारी हो कि भन्ने चर्चा छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य जो ७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही महाप्रसाद अधिकारीको नाममा भएको व्यक्ति अहिले एम. अधिकारीमा रुपान्तरण भएर अर्थ तथा योजनाविद भनेर राखिएको छ । सबैले उहाँ नै हो भनेर भनिरहेका छन् । महाप्रसाद अधिकारी एम अधिकारी त्यही जिल्लाको अर्को को होला त ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी संविधान संशोधनको पक्षमा छ : उपाध्यक्ष श्रेष्ठ
पार्टीभित्र रहेको समस्या रूपान्तरण अभियानबाट हल गछौँ: नारायणकाजी श्रेष्ठ
माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छः नारायणकाजी श्रेष्ठ
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
संक्रमणकालीन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ