माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनमा

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, ११ : ४७
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनमा

चितवन । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनको माडी नगरपालिका आएका छन् ।  माओवादीले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई–मधेस एक महिने जागरण अभियानमा भाग लिन आइतबार झापा पुगेका थिए ।  झापाको कचनकवलमा भएको उद्घाटन समारोहमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।

सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् । 

अहिले माडी नगरपालिकामा हुन लागिएको चार दिने शिवरात्रि मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएको माडी २ का वडाध्यक्ष दण्डपाणि पौडेलले जानकारी दिए । उद्घाटन समारोह सकेर फेरि अभियानमै जोडिने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस