काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। हिजोदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो। बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ।
भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने लगायतका विविध एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। हिजोको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेस भएको थियो।
यसैगरी, गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचारप्रसार समितिले गरेको कामको प्रतिवेदन पनि पेस भएको थियो। स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिका लागि आज अभिमुखीकरण कार्यक्रम गर्दै
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा