काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादवले बेरुजू आउन नदिनेगरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेको बताएका छन् ।
बुधबार पोखराको लेकसाइडमा आयोजित शासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री यादवले वित्तीय अनुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउनुपर्ने बताए ।
गण्डकी, बागमती र लुम्बिनी प्रदेशका खानेपानी हेर्ने कार्यालयसहितको कार्यशालामा उनले भने, 'बेरुजू आउन नदिन हामी सबै मिलेर काम गर्नु पर्छ । त्यसका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक छ ।
यसैगरी उनले उत्पन्न बेरुजूलाई यथासीघ्र फर्स्यौट गर्नुपर्नेमा जोड दिए । 'असुल उपर गर्नु पर्ने बेरुजूलाई कठोर ढङ्गले लाग्न जरुरी छ । अब बेरुजू नै नआउन दिनेगरी काम गर्नुपर्छ,' उनले भने ।
सरकारको १६ औं योजनाले लिएको लक्ष पूरा गर्नलाई संघ र प्रदेशको उत्तिकै भूमिका रहेकाले खानेपानीका आयोजना छनोट गर्दा दोहोरोपन नहुनेगरी छनोट गर्नसमेत मन्त्री यादवले आग्रह गरे ।
'संघ र प्रदेशबाट आयोजना कार्यान्वयन गर्दा विद्यालयहरू र स्वास्थ्य संस्थाहरू लगायतमा अनिवार्य रूपमा खानेपानीको पहुँच पुर्याउनु पर्नेछ । आयोजना छनोट गर्दा दोहोरोपना हुनुहुँदैन ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति भएको छैन : मन्त्री यादव
अब असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव
घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न मन्त्री यादवको निर्देशन
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव
छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्छ : मन्त्री यादव