काठमाडौं। नेपाली कांग्रेले सरकारले कानुनी अप्ठ्यारालाई मिलाउन र स्पष्ट गर्न ल्याएको अध्यादेशमा जसपा नेपालले समर्थन गर्ने जनाएको छ ।संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा सत्तारूढ दलकै बेन्चमा बसेकोले अध्यादेशमा समर्थन गर्ने बताएका हुन् ।
‘अध्यादेश पारित गर्न प्रतिनिधिसभामा समस्या छैन । तर राष्ट्रिय सभामा जसपाले नेपालले समर्थन गर्छ । हिजो पनि भोट हालेको पार्टी हो । सत्ता पक्षको बेन्चमा बसेको छ,’ घिमिरेले भने, ‘उहाँहरूले समर्थन गर्नुहुन्छ । अध्यादेश पारित हुन्छ । शर्तका कुरा भोलि थाहा पाउनुहुन्छ ।’
घिमिरेले अध्यादेशलाई विरोध गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए । ‘सरकारले कानुनी र कार्यविधिमा स्पष्ट पार्न अध्यादेश जारी गरेको हो,’ घिमिरेले भने, ‘यसैले अध्यादेशलाई विरोध गर्नुपर्ने, विषयवस्तुमा विरोध गर्नुपर्ने कारण छैन ।’
कांग्रेस बैठकले अध्यादेश पारित गर्ने, संसदमा रहेका विधेयकलाई टुंगोमा पुर्याउन पार्टी सशक्त भएर लाग्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा