वामदेव गौतमको आक्रामक भेटघाट जारी, ओली र प्रचण्डपछि भेटे माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १० : १२
वामदेव गौतमको आक्रामक भेटघाट जारी, ओली र प्रचण्डपछि भेटे माधव नेपाल

काठमाडौं । नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतम अन्य कम्युनिस्ट पार्टीका प्रमुखसँग भेटवार्तामा सक्रिय भएका छन्।  

यस क्रममा उनले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। उनले चार दिनअघि (मंगलबार) नयाँ दल गठन गरेको सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरेलगत्तै उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरे भने  बिहीबार साँझ ७ बजे नेपाललाई पनि उनकै निवास (कोटेश्वर) पुगेर भेट गरेका हुन्। नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले नेपालखबरलाई बताएको छ।

बिहीबारै बिहान गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास ९बालकोट० पुगेर भेटेका थिए।  

प्रतिक्रिया दिनुहोस