काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विषयलाई तोडमोड गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोशिष गरेको बताएका छन् । ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर आफ्नो बदनाम गर्ने कोशिष गरेको गौतमको भनाइ छ । सोमबार ओलीलाई जवाफ फर्काउँदै गौतमले शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन् ।
गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमको भनाइ छ ।
‘मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्वरमा आयो। हेरेपछि म छांगावाट खसेजस्तो भएँ । त्यसपछि मैले आफ्नो पहिलो कर्तब्य तपाईंवाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नु भयो र सदा झैं नमस्कार कमरेड भन्नु भयो।’ उनले अगाडि भनेका छन्, ‘ त्यस पछि मैले उहाँलाई भनेँ, एउटा सिरियस लिंक मेरोमा आयो । केपी कमरेडको फोन उठेन र तपाइलाई पठाइ दिएको छु तु उहाँलाई पठाइ दिनोस्। मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षवाट पनि हट्न पर्ने हुन सक्छ।’ यो भन्दा बढी आफूले एक शब्द पनि नबोलेको दाबी गर्दै गौत्मले फोन नम्बर राजेश कै भएको र उनलाई धुलोमा खेल्ने अवस्थादेखि आफूले चिनेको बताएका छन् । ‘यसलाई केपीले प्रचारको विषय वनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिष गर्नुहोला भन्ने मलाई लागेको थिएन। क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइश रेकर्ड सार्वजनिक गरिदिनोस् ! पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ’, गौतमले ओलीलाई सम्बोधन गरेको जवाफमा उल्लेख छ । केही दिनअघि ओलीले आफूलाई फोन गरेर प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेको दाबी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने संकल्प गरौं : वामदेव गौतम
देश विकासका लागि सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम