काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।
अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८) को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।
उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ