काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ ।
६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य गर्न तयार भएको प्रतिक्रिया दिएको हो ।
कतार एफएले पंकज अध्यक्षमा निर्वाचित भएको नौ दिनपछि बधाई शुभकामना दिएको थियो । निर्वाचनमा पंकज पक्षको बहुमत भए पनि क्लिन स्विप भने गर्न असफल भयो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पंकज समूहबाट निर्वाचित भएका थिए ।
हाल कतार एफएले नेपाललाई सहिद स्मारक ए डिभिजन लिगको स्पोन्सर र नेपाली राष्ट्रिय फुटबल टोलीको कतारमा तयारी व्यवस्थासहित चोट बाकेका खेलाडीको अस्पेटार अस्पतालमा उपचार गराउन सहयोग गर्दै आएको छ ।
यस्तै, कतारले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई समेत नेपालमा अनुदानमा प्रशिक्षण दिन पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फाको वार्षिक बजेट डेढ अर्ब
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे