खेलाडीका परिवारलाई ८ लाखका दरले राहत

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १९ : ३४
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राकृतिक प्रकोपको घटनामा ज्यान गुमाएका ६ जना खेलाडीका परिवारलाई ८ लाखका दरले राहत दिने निर्णय गरेको छ । 

असोज १२ गते मकवानपुरको इन्द्र सरोबार गाउँपालिका ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीमा प्रशिक्षार्थी ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानिया, अनुपम घलान र साइमन योञ्जनको पहिरोमा परेर मृत्यु भएको थियो । सो सम्बन्धपछि आइबातार बसेको एन्फाको आपतकालीन बैठकले क्षतिपूर्ति दिने निर्णय सहित प्रत्येक दिवंगत खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा २ लाख अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकहरुलाई सहयोग गर्नका लागि अनुरोध गर्ने निर्णय पनि भएको छ । 

यस्तै दिवंगत खेलाडीहरुको शालिक वा स्मृति स्तम्भ निर्माण गर्ने, थप राहतका लागि एन्फा र फिफालाई अनुरोध गर्ने निर्णय समेत भएको प्रवक्ता सुरेश शाहले बैठकपछि जानकारी दिए ।