काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका तथा संकटा क्लब र बागमती युवा क्लबबीच खेल हुनेछ ।
आज पहिलो खेलमा आर्मी र वालिङबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
लिगमा आर्मी सात खेलबाट १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । आर्मीले दोस्रो चरणको यात्रा सुनिश्चित गरिसकेको छ भने १२ अंकसहित चौथो स्थानमा रहेको वालिङ शीर्ष पाँचमा स्थान सुरक्षित गर्ने योजनामा छ ।
यस्तै, संकटा क्लब र बागमती युवा क्लबबीचको खेल सोही मैदानमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
जारी लिगमा संकटाको आठ र बागमतीको सात अंक छ । दुवै टोली शीर्ष पाँचमा भित्रिने योजनामा छन् । लिगका पाँच टोली दोस्रो चरणमा जानेछन् । दोस्रो चरणमा पाँच टोलीबीच डबल राउन्ड रोबिन लिग हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असोज २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे
लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
आजदेखि सी डिभिजन लिग, १४ क्लबको सहभागिता रहने