काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटिको बैठकले तय गर्ने जनाएको छ ।
निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटिले आज समयसीमा तोक्ने बताए । ‘अपिलका लागि समय आजैबाट सुरु भइसक्यो । तर, अब समयसीमा कति दिन हुन्छ भन्ने पनि कमिटिले आजै निर्णय गर्नेछ,’ भट्टराइले भने, ‘पछिल्लो कार्यतालिका प्रभावित पार्न मिल्दैन । यसको लागि धेरै दिन लिन मिल्दैन । यसबारे निर्णय पनि उहाँहर"ले नै गर्नु हुनेछ ।’
आसन्न निर्वाचन तालिकाअनुसार मंगलबारसम्म दाबीविरोधको समयसीमा थियो । दाबीविरोधका १० उजुरी परेका थिए । यसमध्ये समितिले चारको मताधिकार खोसेको थियो । जसमा महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।
यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको आठमध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको थियो ।
योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझे अब, यो पक्ष पुनरावेदन समितिमा जान सक्नेछ । जसको लागि आज अपिलको समय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फाको वार्षिक बजेट डेढ अर्ब
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे