चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।
उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।
गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ ।
टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली तीर्थ यात्री सवार गाडी अयोध्यामा दुर्घटना, ३ जनाको मृत्यु
अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना, ९ जना घाइते
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते