नेपाली तीर्थ यात्री सवार गाडी अयोध्यामा दुर्घटना, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, १२ : १८
नेपाली तीर्थ यात्री सवार गाडी अयोध्यामा दुर्घटना, ३ जनाको मृत्यु

बुटवल । दाङको तुलसीपुरबाट तीर्थ यात्राका लागि भारतको अयोध्या प्रस्थान गरेको स्कार्पियो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको यूपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

तुलसीपुर– ७ का वडा अध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईंसहित तीन जनाको मृत्यु भएको हो ।​ एक जनाको घटनास्थलमा र दुई जनाको भारत बलरामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय पत्रकार रुपचन्द्र गुप्ताले जानकारी दिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भारतीय दूतावाससँग सम्पर्क गरेर घटनाबारे बुझिरहेको एसएसपी जनार्दन जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस