बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । तिर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गंगा शर्मा रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको जानकारी आएको सेनले बताए। गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा देवदह ९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीइ प्रहरीबाट जानकारी आएको इन्स्पेक्टर सेनले बताए ।
फागुन ३ गते देवदहबाट महाकुम्भ मेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते
नुवाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
उत्तराखण्डमा पर्यटकले भरिएको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
इलाममा पिकअप दुर्घटना, १९ जना घाइते