काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि आफूहरू काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा लागेको स्वीकार गरेका छन् । अनेमसंघ(क्रान्तिकारी) लुम्बिनी प्रदेशको सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले अब पार्टीको सम्पूर्ण ध्यान वर्गतिर हुने प्रतिबद्धता जनाए ।
यद्यपि आफ्नो नेतृत्वको पछिल्लो सरकारले जनताको पक्षमा राम्रो काम थालेपछि बिचौलिया र दलाल पुँजीपतिहरू आत्तिएर सरकार ढालेको उनले आरोप लगाए ।
‘काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा हामीले बढी समय दियौँ । आठ/दश वर्ष कहिले यता उता अल्मिलियौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि त्याग तपस्या र बलिदान गरेका वर्गलाई छोड्यौँ । अब कांग्रेस र एमालेको बैशाखी टेकेर नभई आफ्नै खुट्टामा उभिने गरी समीक्षा गरेका छौँ’, उनले भने ।
कार्यक्रममा प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो सरकारले जनताको पक्षमा सकारात्मक काम गरेपछि बिचौलिया तथा दलाल भ्रष्टहरूले सरकार ढालेको दोहोर्याए ।
‘तपाईँलाई थाहै छ, मेरो नेतृत्वको पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्न थालेपछि बिचौलिया तथा दलाल पुँजीपतिहरूले सरकार ढाले । बिचौलियाहरू जुन सेटिङका आधारमा करोडौँ कमाउन थालेकाहरू आतङ्कित हुन थाले । मध्यराति कांग्रेस र एमाले मिलेका होइनन् ।
त्यो दलाल पुँजीपति, बिचौलियाहरूले कांग्रेस र एमाले कब्जा गरेको हो’, उनले भने, ‘पार्टीभित्र कुनै छलफल भएर नभई दलाल व्यापारीको घरमा सहमति भएको हो । गठबन्धन सरकारले भ्रष्टाचारीलाई संरक्षण र प्रोत्साहन गरेको विषय यो ८÷९ महिनाले प्रस्ट भएको छ ।
सरकारले राष्ट्र बैंकको गभर्नर आफूले भनेको मान्ने व्यक्तिलाई बनाउन कार्यविधि नै परिवर्तन गरेको उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० चैत्र २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड
कम्युनिस्ट पार्टी एकता गर्ने कुराबाट थाकेको छैन : प्रचण्ड
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : प्रचण्ड
७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
राजावादी वितण्डाको विरोध गर्दा राहत महसुस गरेपनि ओली सरकारप्रति नरम छैनौं: प्रचण्ड