काठमाडौँ। जाजरकोटमा आज बिहान दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २० जना घाइते भएका छन्। बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलामा दुर्घटना भएको हो ।
जाजरकोट प्रहरीका अनुसार गाडी बिच सडकमा पल्टिएको छ, जसका कारण तीन जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ ।
यस्तै, भेरी नगरपालिका–७, स्याउले बजारबाट नेपालगञ्जतर्फ गइरहेको ५ ख १८९२ नम्बरको गाडी कुदुमा दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गाडीमा २१ जना यात्रु थिए, जसमा १६ जना घाइते भएका छन्। घाइतेमध्ये गाडी चालकको अवस्था गम्भीर छ।
घाइतेहरूको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको छ। गाडी सडकबाट ५० मिटर तल खसेको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
नुवाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
उत्तराखण्डमा पर्यटकले भरिएको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
इलाममा पिकअप दुर्घटना, १९ जना घाइते
अदानचुलीको पाम्सामा गाडी दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते