काठमाडौँ । बाराको पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्।मंगलबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरपालिकाको प्रमुख एमालेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नगरपालिकाका निवर्तमान प्रमुख जनता समाजवादी पार्टीका रमेशकुमार यादवले ४ हजार ४६१ मत प्राप्त गरे। उप प्रमुखमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीकी सगुफा खातुनले ४ हजार १६३ मत ल्याइन्।
०७४ सालको स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाको प्रमुख र उपप्रमुखमा जसपा विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १४ : ५३
लेखकबाट थप