काठमाडौँ । अस्ट्रेलियाकी यातायात मन्त्री जो हेल्यानले मन्त्री पदबाट राजीनामा दिएकी छिन्। मन्त्री जो हेल्यान फेब्रुअरी ५ मा मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
उनले गत जनवरी २५ मा हन्टर भ्यालीमा आयोजना गरिएको एक निजी पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुविधा लिएकोमा क्षमा माग्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
उनले अस्ट्रेलिया दिवसको पूर्व सन्ध्यामा आयोजित भोजमा आफु र आफ्ना आफन्तका लागि सरकारी चालक सुविधा लिएकोमा चौतर्फी आलोचना भएको थियो । उनले अस्ट्रेलियाका जनता र करदाताको अवमूल्यन गरेको आरोप समेत लाग्यो ।
मन्त्री हेल्यानले आफूले गल्ती गरेको स्वीकार गर्दै भनेकी छन्– ‘मानिस पूर्ण हुँदैनन् , मैले गल्ती गरेँ , अघिल्लो सरकारभन्दा हामीले राम्रो गर्नुछ त्यसकारण म राजीनामा दिन्छु।’ उनीमाथि आफ्ना बच्चालाई खेलकुद मैदानसम्म लैजान सरकारी चालक सुविधा लिएको पनि आरोप लागेको थियो ।
मन्त्री हेल्यानले ४४६ किलोमिटर यात्रामा सरकारी सुविधा नीजि प्रयोजनको समयमा गरेकाले ७५० डलर रकम पनि राज्यलाई तिर्ने प्रतिवद्धता जनाएकी छन् । अब उनी न्यु साउथ वेल्सको राज्य संसदमा पछिल्लो पंक्तिमा बसेर सांसदको भूमिका रहने सञ्चारमाध्याहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १२ : १९
लेखकबाट थप