जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए ।
उनले भने, ‘यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि रु १८ लाखदेखि एक करोड ५० लाखसम्म विनियोजन भएको छ ।’
झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका–४ स्थित गिडीदह, सिञ्जा–२ स्थित रनुखाना, हिमा–१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ । लाम्रोचौर गाडापारी र मसानघाट जिम्री जिउलामा पुल बनाउन रकम अभाव भएको उनको गुनासो छ ।
साथै उनले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुलहरु मर्मतसम्भार गरिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
वर्षापछि पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र