काठमाडौं । एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजमा एकै दिन तीन नेपाली चलचित्र ‘ममी’, ‘जुना’ र ‘सारंग’ प्रदर्शनमा आएका हुन् ।
‘ममी’लाई समर निरौलाले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रियंका कार्की, दीया मास्के र सुलक्षण भारती मुख्य भूमिकामा छन् ।
‘सारंग’लाई प्रशान्त तामाङले निर्देशन गरेका छन् । यो चलचित्रमा ऋचा शर्मा, उत्पल झालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘सारंग’ले बालमनोविज्ञानको कथा उठान गरेको छ ।
‘जुना’लाई जीवन सेन्चुरीले निर्देशन गरेका छन् । बालविवाह यो चलचित्रले उठान गरेको विषय हो ।
‘जुना’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्टलगायत कलाकारको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पूर्ण बहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
स्वतन्त्रता दिवसमा चलचित्र ‘पुष्पा २’ र ‘वेदा’ भिड्दै
चलचित्र ‘बोक्सीको घर’ आजबाट हलमा