परराष्ट्र मन्त्रालयले आज परराष्ट्र सेवा दिवस मनाउँदै

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ११ : ४८
परराष्ट्र मन्त्रालयले आज परराष्ट्र सेवा दिवस मनाउँदै

काठमाडौँ । परराष्ट्र मन्त्रलयले आज परराष्ट्र सेवा दिवस मनाउँदै छ।

नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु २०१८ को तर्जुमा भइ नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको स्मरणमा मन्त्रालयले यो दिवस मनाउन लागेको हो।परराष्ट्र मन्त्रालयले पहिलो पटक यो दिवस मनाउन लागेको जनाएको छ।कार्यक्रममा २०१८ पछि र त्यो भन्दा माथि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गर्नेछ।नेपालमा परराष्ट्र सेवालाई कानुनीरुपमा संहितावद्ध गरेको दिनको संस्मरणमा जेठ १० गतेलाई हरेक वर्ष परराष्ट्र सेवा दिवसको रुपमा मनाइनेछ।

 

प्रतिक्रिया दिनुहोस