काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, ८ वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडा अध्यक्षमा विजय प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ । मतगणना सकिएकामध्ये वडा नं. ६, ७, ८, ९, १०, ११, १२, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् ।
एमालेका उम्मेदवारले वडा नं. १, २, ३, ४, ५, २३, ३१ र ३२ को वडा अध्यक्षमा जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति
पलेशालाई काठमाडौं महानगरसम्मानको ५ लाखसहित सम्मान
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना