काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि २० जनाको आवेदन स्वीकृत भएको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो ।
तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको छनोट समितिले जनाएको छ ।दोस्रो पटक आवेदन दिनेहरूमा प्रा.डा गेहनाथ बराल, प्रा.डा गजेन्द्रप्रसाद कोजू, प्रा.डा अजय रिसाल, प्रा.डा दिपक श्रेष्ठ छन् ।
यससँगै अब केयूको भीसीमा २० जनाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारहरूले अन्तर्वार्तासँगै आफ्नो सोचपत्र पनि प्रस्तुत गर्नेछन् । सबै मूल्यांकन गरेपछि छनोट समितिले कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्ने छ ।
यी हुन् केयू भीसीका उम्मेदवार:
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केयूले ७ दिनभित्र माग्यो उपकुलपतिका लागि दोस्रो पटक आवेदन
आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं विश्वविद्यालयका २ हजार ३१४ विद्यार्थी दीक्षित
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन
क्यान्सर’रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय
नेविसंघद्वारा ८ बुँदे माग सहित काठमाडौँ विश्वविद्यालयमा रिले अनसन