कालीकोट। कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ वर्षीय गङ्ग देउवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका लागि सदरमुकाम मान्म लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक दुर्घटनामा एक जनाको मृत्यु
धादिङमा ट्रक दुर्घटना : एकजनाको मृत्यु , ८ घाइते
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना
मुग्लिन-नारायणगढ सडकमा ट्रक दुर्घटना