कृषि क्वारेन्टाइन माग गर्दै उत्तराखण्डका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ११ : २१
कृषि क्वारेन्टाइन माग गर्दै उत्तराखण्डका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

 कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघले कृषि क्वारेन्टिन माग गर्दै भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई ज्ञापनपत्र बुझाएको छ।संघका अध्यक्ष जंगबहादुर मल्ल नेतृत्वको टोलीले भारतको बनबासामा मुख्यमन्त्री धामीलाई भेटेर यस्तो माग राखेका हुन्।

ज्ञापनपत्रमा बनबासा पुलमा २४सै घण्टा आवागमन सहज हुनुपर्ने, दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहसित जोड्न भारतले आफ्नो भूमिमा सडक, पुल, रेल्वेलगायतको संरचना जोड्न निर्माणमा पहल गर्नलगायत माग पनि राखिएको छ।

‘यसअघि दैनिक चार घण्टा खुल्ने पुल मुख्यमन्त्रीज्यूकै पहलमा अहिले सात घण्टा खुलिरहेको छ’, वाणिज्य संघका अध्यक्ष मल्लले भने, ‘पूर्णागिरिबाट खटिमा बजारसम्म नेपाली सवारीसाधन चल्न पाउनुपर्ने माग पनि राखेका छौँ।’

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री धामीले नेपाल–भारतको परापूर्वकालदेखि धार्मिक र आर्थिक सम्बन्ध रहेको बताए। नाका खुलाउनुपर्ने विषय आवश्यकताको विषय पनि हो’, उनले भने, ‘यो विषयमा यथाशीघ्र पहल गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस