पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा (नेकपा एकीकृत समाजवादी पार्टी) का धनराज आचार्यको जित सुनिश्चित भएको छ । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपनि आचार्यको जित सुनिश्चित भएको हो ।
पोखरा महानगरपालिकामा मंगलबार बिहानसम्म् १ लाख ३८ हजार २११ मत गणनासम्पन्न भएको छ । जसमा आचार्यले ५६ हजार ४७१ मत पाएका छन् भने एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत पाएका छन् ।
पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो । यसआधारमा अब करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले ५३ सय बढीको मतान्तर बनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा महानगरपालिकाले हटाएका ५९ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय
पोखरा महानगरमा सवा २ लाख बिरुवा रोपिने, अध्ययन समितिले दियो प्रतिवेदन